आइएस विरुद्ध लड्न ४० भन्दा बढी अरब राष्ट्रहरु तयार : अमेरिका
Admin
नेपाल ब्युरो– भदौ ३०, एजेन्सी ।
अमेरिकी विदेशमन्त्री जोन केरिले सिरिया र इराकमा इस्लामिक स्टेट विद्रोही विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनलाई सघाउन झण्डै ४० अरब राष्ट्रहरुले प्रस्ताव गरेको बताएका छन् ।
तर त्यस्ता कदम चाल्नका निम्ति इराकी सरकारको अनुमति चाहिने उनले स्पष्ट पारको विविसिले जनाएको छ । इस्लामिक स्टेट विद्रोही विरुद्धको कारवाहीमा समर्थन जुटाउने उद्देश्यका साथ मध्यपूर्वको भ्रमण सकेपछि फ्रान्सको राजधानी पेरिस पुगेका उनले यस्तो बताएका हुन ।
विद्रोहीद्वारा दुईजना अमेरिकी पत्रकारहरुको हत्या गरिएपछि अमेरिकी राष्ट्रपति बराक ओबामाले उनीहरुलाई ध्वस्त र तहसनहस पार्ने घोषणा गरेका थिए । इराकको सुरक्षा र इस्लामिक स्टेट विद्रोहीको कसरी सामना गर्ने भन्ने विषयमा फ्रान्सले आज एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ ।
सम्मेलनमा विभिन्न मुलुकका विदेशमन्त्रीहरुले गहन छलफल गर्ने विविसिले जनाएको छ ।
प्रकाशित मिति: 2014-09-15 03:29:23
प्रतिक्रिया: