आजदेखि अरनिको राजमार्ग सञ्चालनमा आउने
Admin
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ ।
अबरुद्ध बनेको अरनिको राजमार्ग आजबाट सञ्चालनमा आउने भएको छ ।
गत साउन १७ गते राती सिन्धुपाल्चोकको जुरे मांखामा आएको पहिरोका कारण अवरुद्ध भएको सो राजमार्ग आजबाट सञ्चालनमा आउने भएको हो ।
पहिरो र तालका कारण जुरे मांखाको साँढे २ किलोमिटर सडक अवरुद्ध बनेको थियो ।
सरकार तथा व्यवसायीको संयुक्त पहलमा सो सडक खुलाइएको छ ।
सडकको आजै अपरान्ह उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले उद्घाटन गर्ने तयारी गरिएको छ ।
राजमार्ग अवरुद्ध भएपछि चीनको खासाबाट सामान लिएर आउने कन्टेनरहरु अलपत्रमा परेका थिए ।
प्रकाशित मिति: 2014-09-16 04:28:13
प्रतिक्रिया: