बेलायतबाट नछुटिने स्कटल्याण्डबासीको निर्णय
Admin
नेपाल ब्युरो– असोज ३, एजेन्सी ।
स्कटल्याण्ड बेलायतबाट छुट्टिने या नछुट्टिने भन्नेबारे स्कटल्याण्डमा भएको जनमतसंग्रहमा स्कटल्याण्डबासीले बेलायतबाट अलग नहुने निर्णय गरेका छन् ।
बेलायतसँगै रहने कि अलग मुलुक बन्ने भन्ने विषयमा भएको जनमतसंग्रहको मतगणनामा ‘नहुने’ भन्ने पक्षमा ५५ प्रतिशत मत खसेको छ भने हुने भन्नेमा ४५ प्रतिशत मत खसेको छ । यद्यपि मतपरिणामको अन्तिम घोषणा भने हुन बाँकी नै रहेको छ ।
यसैबीच मत परिणामप्रति स्कटिस नेशनल पार्टीका उपनेता निकोला स्टरजियोनले निराशा व्यक्त गरेका छन् । जनमतसग्रहको अन्तिम समयमा जनताले आफ्नो मन परिवर्तन गरेको उनले बताएकाछन् ।
स्कटीस नेशनल पाटीले स्कटल्याण्ड बेलायतबाट छुट्टिनुपर्छ भन्ने माग राख्दै आएको थियो । तीन सय सात वर्षसंगैै रहेको स्कटल्यान्ड अलग्गिने विषयमा बहस चल्न थालेपछि गतवर्ष यसको टुंगो जनमत संग्रहबाट गर्ने सहमति बनेको थियो ।
प्रकाशित मिति: 2014-09-19 03:04:57
प्रतिक्रिया: