टोक्यो,जापान।
तामाङहरुको महान सांस्कृतिक चाड
ल्होछारको अवसरमा नेपाल तामाङ समाज,जापान केन्द्रीय समितिले टोक्यो र च्युबु
क्षेत्रिय समितिले नागोयामा भब्य ल्होछार कार्यक्रम गर्ने भएको छ।
कार्यक्रममा चर्चित लोक गायिका ईन्दिरा
गोले गुरुङ र युबा गायक तथा संगितकार बिशाल काल्तनको साथमा स्थानिय कलाकारहरु कर्म
दोङ तामाङ, शितल योञ्जन, बिमल लामा र राजेन्द्र लामा लगायतको प्रस्तुति रहने समाजले जनाएको
छ।कार्यक्रम टोक्योमा जनवरी २५, आईतबार सिन्जुकुको युनिभर्सल सिटी हलमा दिनको ४
बजे हुनेछ भने नागोयामा ३१, शनिबार हुनेछ।
तामाङ समाज, जापानले गत बर्षहरुमा पनि
ल्होछार कार्यक्रम आयोजना गरेको थियो।
ल्होछार भनेको के हो ?
ल्होछार दुई वटा शब्द संयोजन भएर बनेको छ, लो या ल्हो बर्ष र छार नयाँ । त्यसैले ल्होछारको शाब्दिक अर्थ हुन्छ नयाँ बर्ष ।ल्होछार भनेको पुरानो बर्षको अन्त्यसँगै नयाँ बर्षको उदय हुनु हो । यसमा १२ वटा बिभिन्न जनावरहरुलाई ल्हो खोर्लोमा क्रमैसंग राखिएको हुन्छ, अनि प्रतेक नयाँ सालको परिवर्तनसँगै एउटा जनावरबाट अर्को जनावरमा सर्ने गर्दछ । अनि त्यही अनुसार त्यो सालको या बर्षको नामकरन गर्ने चलन छ अनि हामी कुन ल्हो मा जन्मेको भनेर किटान गर्न सजिलो हुन्छ ।
कसरी मनाउछन ल्होछार?
लोछारमा ठुला बडाहरु जस्तै पितृहरु तथा लामाहरुबाट आशिर्बाद लिने गरिन्छ । अनि आफ्नो घर वरिपरि र बाटोहरु सफा राख्ने गर्छन्, अनि प्रत्येक घरको आगनमा दर्ज्यु उठाउने गरिन्छ । सबै परिवार तथा इस्टमित्रहरुलाई बोलाई सामुहिक भोज भतेरको बिशेष मेला जस्तै हुन्छ । छेमार दुक्छे, खाप्से र अन्य आफ्नै हातबाट बनाएको परिकारहरु खाने चलन छ । आफ्नो र सबैको भलो होस् भनेर पूजा गर्ने पनि चलन छ । रमाइलो गर्नको लागि धामीझाँक्रीको नाच र अन्य सास्कृतिक कार्यक्रमहरु पनि गर्ने गर्छन् ।