राप्रपा नेपालको आज बन्द सत्र जारी
Admin
नेपाल ब्युरो –जेठ ११, काठमाण्डौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जारी प्रथम महाधिवेशनमा आज बन्द सत्र जारी रहने भएको छ ।
राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्द सत्रमा आज नयाँ नेतृत्व चयन बारे छलफल हुने राप्रपा नेपालले् जनाएको छ । यसअघि हिजो अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनितीक प्रतिवेदनमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
त्यस्तै हिजो बिधान संसोधनका बिषयमा पनि छलफल भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन संगै बिधान संशोधन, राजनीतिक प्रस्तावमा छलफल गरी पारित गर्नेछ ।
महाधिवेशनमा देशभरका २ हजार ९ जना प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागि छन् । महाधिवेशन भोलि सकिनेछ ।
प्रकाशित मिति: 2014-05-26 03:04:14
प्रतिक्रिया: