विचार/ब्लग

बाढी पहिरो र चट्याङबाट ७ को मृत्यु, ७ वेपत्ता

Admin


नेपाल ब्युरो– भदौ ११, काठमाठौ ।

देशमा विभिन्न भागमा आएको बाढी पहिरो र चट्याङबाट ७ जनाको मृत्यु भएको छ ।

विभिन्न भागमा गएको बाढी पहिरोमा पुरिएर ६ र चट्याङबाट अर्का एक गरी सात जनाको मृत्यु भएको छ भने सातै जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । मानेश्वरी प्रावि नुवाकोटका शिक्षक बीरबहादुर तामाङ, उहाँकी १३ वर्षीया छोरी एलिसा , चार वर्षका छोरा प्रशान्त र ७० वर्षका बुबा मानबहादुरको पहिरोमा पुरिएर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । त्यसैगरी तामाङकी ३२ वर्षीया श्रीमतीले भने भागेर ज्यान जोगाएकी छिन । 

यसैबीच, वर्षापछि मेलम्ची खोलामा आएको बाढीले ग्याल्थुम अडिट मार्ग भत्काएको छ । मेलम्ची खोलाको बाढीले मेलम्ची खानेपानी आयोजनाको करोडौंको सामान समेत बगाएको छ ।  उता  पर्वतको कुश्मा नगरपालिका १८ पकुवाका हरिलाल चापागाईको घर पुरिंदा उनकी श्रीमती पुतली, तीजमा माईत आएकी छोरी जमुना पौडेल र उनका एक छोरा र एक छोरी पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिहान सात बजे घरमाथिको राम्चेको डाँडो खसेर घर पुरिएकाले उनीहरु बेपत्ता भएका हुन । हरिलाल भने घरमा नहरेकाले बचेका छन् । बेपत्तामध्ये पुतलीको भने घाइते अवस्थामा उद्धार गरिएको र अन्यको खोजी जारी रहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।

उता, पहिरोले नहर थुनिएपछि पर्वतकै चुवा स्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला १ जलबिद्युत आयोजनाको उत्पादन कार्य पनि बन्द भएको छ । यस्तै पहिरोले राम्जा देउराली गाबिस ७ स्थित जीवनज्योती प्राबिको भवन पनि बगाएको छ । त्यस्तै पर्वतको डिमुवामा पहिरो जाँदा पोखरा बाग्लुङग राजमार्ग समेत अबरुद्ध भएको छ । 

यसैगरी, स्याङजाको पुतली बजार वडा नम्बर ९ आमबोटमा गए राति गएको पहिरोले एक घर पुरिँदा नाम खुल्न नसकेकी एक बालिकाको मृत्यु भएको छ भने मग्याम चिसापानी गाविस वडा नम्बर ६ मा आज बिहान परेको चट्याङका कारण दिलमाया थापाको मृत्यु भएको छ । आंधीखोलामा आएको बाढीले बगाएर एक मजदुर महिला बेपत्ता भएकी छिन् भने खोला किनारका एक दर्जन घर डुवानमा परेको छ । बाढीले वालिङस्थित पतञ्जलि योगपीठको भवनमा समेत क्षति पुगेको छ । 

यता कैलालीको टीकापुर स्थित राजिपुर–८ सितापुरमा गए राती ३ बजे घरमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । राती सुतिरहेका बेला हावाहुरी र पानी पर्दा एकै घरका १६ वषिर्या कृष्ण कसारा र १० वषिर्य सागर कसराको मृत्यु भएको छ  । घाइते हुनेमा मन्धरी कसरा, सहिल कसरा, निशा कसरा घाइते भएको प्रहरी नयाक निरिक्षक नवराज रावलले बताउनुभएको छ । घाइतेको उपचार टीकापुर अस्पतालमा उपचार भैरहको टीकापुर अस्पातलले जनाएको छ ।

प्रकाशित मिति: 2014-08-27 03:42:50
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing