नेपाल समाचार

तराई जनतान्त्रिकका गोइतलाई जन्मकैद


Admin / 2014-09-02 06:25:37


राजविराज : जिल्ला अदालत सप्तरीले तराई जनतान्त्रिक मुक्ति मोर्चाका तत्कालीन वार्ता टोली सदस्य अमरेन्द्र गोइतलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।अदालतले सप्तरीको लोहजरा गाविसका झरीलाल कुसियत यादवको अपहरण गरी हत्या गरेको आरोपमा मोर्चाका अमरेन्द्रसहित सुरेन्द्र गोइतलाई पनि सोही फैसला सुनाएको हो।

मोर्चाका कमाण्डर जयप्रकाश यादवको मुद्दा भने मुल्तबी राखिएको छ।

अमरेन्द्र गोइत मधेशी भाइरस किलर्स्‌का पार्टी अध्यक्ष थिए। २०६७ बैशाखमा सप्तरीको त्रिकोल गाविसको न्यू बाबा मन्दिरमा वेवारिशे अवस्थामा राखिएका इंग्ल्यान्ड र चाईनिज मेडका एक/एक थान पेस्तोल, चार थान बन्दुक, १४ थान लोड भएको अवस्थामा म्याग्जिन तथा ती आधुनिक हतियारहरुमा प्रयोग हुने १४ थान गोली फेला परेका थिए।

उक्त हातहतियार गोइतले लुकाएर राखेको प्रहरीले अनुमान गरेको थियो। पाँच वटा ज्यानसम्बन्धी र एउटा हातहतियार मुद्दामा मुछिएका उनी पछि जनतान्त्रिक मुक्ति मोर्चामा प्रवेश गरेका थिए।

ज्यान मुद्दामा भारतमा समेत पक्राउ पुर्जी जारी गरिएका गोइत ०६७ चैतमा वार्ता टोली सदस्य बनेर काठमाडौं आएका थिए। तर गृहको विरोधको कारण शान्ति मन्त्रालयबाट परिचयपत्र फुत्काउन सकेनन्।

हत्या, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजानाको आरोपमा गोइत त्यसको दुई साता अघि नै विराटनगरबाट पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत सप्तरीको आदेशमा पुर्पक्षका लागि सप्तरी कारागारमा राखिएको थियो।

सप्तरीपछि जिल्ला कारागार रामेछाप र उदयपुरमा थुनामा राखिएका अमरेन्द्र हाल क्षेत्रीय कारागार कार्यालय झुम्का सुनसरीमा थुनामा छन्।

आरोपीले २०६५ मंसिर २ गते झरीलाल कुसियत यादवलाई अपहरण पछि गोली हानी हत्या गरेका थियो। हत्या पछि घरदेखि २ किलोमिटर दक्षिण खाल्डोमा फालिएको अवस्थामा यादवको मृत शरीर फेला परेको थियो।

यादवकी पत्नी विन्दादेवी यादवले २०६५ मंसिर १७ गते आरोपितहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिएकी थिइन्।

न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोपितलाई यादवको अपहरण पछि गोली हानी हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले बताए। अदालतले झरीलालको हत्यामा आरोपित शिवनारायण यादव, जोगिया भनिने जोगेन्द्र मरिक यादव, विरेन्द्र गुरमैता यादव, रबी मरिक, सत्यनारायण यादव र नागेश्वर गिरीलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ।

 

आरोपीमध्ये रबी मरिक, उमेश, विरेन्द्र र सत्यनारायणलाई पुर्पक्षका लागि अदालतले साधारण तारेखमा रिहा गरेको थियो। साधारण तारेखमा रिहा भएका उनीहरु तारेख गुजारी सम्पर्कविहिन अवस्थामा रहेको बताइएको छ।

प्रकाशित मिति: 2014-09-02 06:25:37
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing