इन्टरनेशनल ल एसोसियसनको अन्तराष्ट्रिय सम्मेलन काठमाडौमा सुरु
Admin / 2014-09-05 02:53:32
नेपाल ब्युरो– भदौ २०, काठमाडौ ।
काठमाडौमा आजदेखि इन्टरनेशनल ल एसोसियसनको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।
अन्तर्राष्ट्रिय कानुनका विविध पक्षमा अध्ययन अनुसन्धानमा क्रियाशिल संस्था इन्टरनेशनल ल एसोसियसन र आइएलएको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको हो ।
तीन दिन सम्म चल्ने सो सम्मेलनमा नेपाल पक्ष राष्ट्र भएका विविध अन्तर्राष्ट्रिय महासन्धिहरुले प्रत्याभूत गरेका आर्थिक, सांस्कृतिक तथा सामाजिक अधिकारको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनुपर्ने रणनीति लगायतबारे छलफल हुने आइ एल ए नेपाल शाखाकी उपाध्यक्ष इला शर्माले जानकारी दिनुभयो ।
सम्मेलनले दिने सुझावले संविधानसभालाई संविधान निर्माण प्रक्रियामा समेत सहयोग गर्ने आइएलए नेपालका अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले बताउनुभयो ।
प्रकाशित मिति: 2014-09-05 02:53:32
प्रतिक्रिया: