कुखुराको मासुको मूल्य घट्यो, ब्रोइलर पाल्ने किसान मर्कामा
Admin / 2014-09-07 04:41:44
नेपाल ब्युरो– भदौ २२,काठमाडौ ।
बा्रेइलर कुखुरा पाल्ने किसान अहिले मर्कामा परेका छन् ।
कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका हुन् ।
चितवनमा कुखुरा ब्यवसायी मञ्चले मासुको उपभोक्तता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ ।
किसानहरु यो भन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन् । आजको नागरिकमा खबर छापिएको छ ।
नवलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैंयाँसम्म पाएका बताउँछन ।
यस्तै चितवन नवलपुर कुखुरा पालक संघका अध्यक्ष दीपक पाण्डेले यो मूल्य लागत भन्दा कम भएको बताउछन् । किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैंयाँ चल्ला किनेर खोरमा राखेका छन् ।
राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म पुग्छ । सामान्यतः दुई किलोभन्दा बढी हँुदैन । अध्यक्ष ज्ञवालीले अहिले ७५ देखि ८० रुपैंयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैंयाँ पाउँछन्,’ भने ।
ज्ञवालीका अनुसार चल्ला दुई किलोको बनाउन दुई सय ४० देखि दुई सय ८० रुपैंयाँ थप लागत लाग्छ ।
प्रकाशित मिति: 2014-09-07 04:41:44
प्रतिक्रिया: