झापा फुटबल क्लव एन्फा कपको फाइनलमा
Admin / 2014-09-07 08:19:07
नेपाल ब्युरो– भदौ २२,काठमाडौ ।
झापा फुटबल क्लव एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
उक्त प्रतियोगीतामा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा फुटबल क्लब एन्फा कप फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
दशरथ रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्रका खेलाडीहरुको बाहुल्यता रहेको झापाले २२ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट अग्रता लिएको थियो । उनले प्रवेश कटवालको फ्रि किकमा गोल गरे ।
६१ औं मिनेटमा विशाल राईको प्रहार एपीएफका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । ८४ औं मिनेटमा पाल्साङ लामाले कर्ण लिम्बुलाई फल गरेपछि झापाले पेनाल्टी पायो, जसमा कर्णले नै गोल गर्दै झापालाई जित दिलाए ।
प्रकाशित मिति: 2014-09-07 08:19:07
प्रतिक्रिया: