नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
सफ्टेक मेला आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ।
नेपालमा विकसित विभिन्न सफ्टवेयर तथा यसको प्रयोगका बारेमा जानकारी गराउने उदेश्यका साथ सफ्टेक मेला सुरु हुन लागेको हो ।
कम्प्युटर एसोसिएसन अफ नेपाल क्यानले आयोजना गर्न लागेको मेलाको सभामुख सुभास नेम्बाङले एक कार्यक्रमका बीच आज उद्घाटन गर्दैहुनुहुन्छ । मेलामा सफ्टवेर, सोलुसन तथा कम्युनिकेसनसँग सम्बन्धित विभिन्न सेवाहरु पाउन सकिनेछ । मेलामा ५५ वटा कम्पनीका एक सय ४२ स्टल रहने छन् ।
नेपालमा विकसित सफ्टवेयर, यसको प्रयोग, आइटीसम्बन्धी सेवा, सुविधासँगै त्यसको जानकारी दिने र मोबाइल एप, मोबाइल कम्पनी, सेक्युरिटी सोलुसन, पावर सोलुसन, भर्चुलाइजेसन जस्ता सेवा रहने क्यानले जनाएको छ ।
मेलाको प्रवेश टिकटदर सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ । चार दिनसम्म सञ्चालन हुने मेलाको एक लाख भन्दा बढिले अवलोकन गर्ने आयोजकको अनुमान छ ।