एएफसी यु–१६ मा भाग लिन थाईल्याण्ड गएको नेपाली टोली आज फर्कदै
Admin / 2014-09-13 03:28:01
नेपाल ब्युरो– भदौ २८, काठमाडौ ।
एएफसी अण्डर १६ च्याम्पियनसिप फुटबल प्रतियोगीतामा भाग लिन गएको नेपाली टोली आज स्वदेश फर्कदै छ ।
उक्त प्रतियोगीताको लागी थाईल्याण्ड गएको नेपाली टोली आज स्वदेश फर्कदै छ ।
टोली अपरान्ह काठमाडौं आईपुग्ने छ ।
लिग चरणको अन्तिम खेलमा उत्तर कोरियासंग ४–१ ले पराजित भएपछि नेपाल समूह सीको तेस्रो स्थानमा सिमित रहदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा डिफेण्डिङ च्याम्पियन उज्वेकिस्तानलाई बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा कुवेतलाई २–१ ले पराजित गरेको थियो ।
तर उत्तर कोरियासंगको पराजयसंगै अण्डर १७ विश्वकप फुटबल खेल्ने नेपालको सपना समेत यो वर्ष समाप्त भएको छ ।
प्रकाशित मिति: 2014-09-13 03:28:01
प्रतिक्रिया: