युएफा च्याम्पियन्स लिगमा बायर्न म्युनिख, बार्सिलोना र एएस रोमा विजयी
Admin / 2014-09-18 03:12:11
नेपाल ब्युरो–असोज २, काठमाडौ ।
युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगीता अन्तर्गत बायर्न म्युनिख, बार्सिलोना र एएस रोमा विजयी भएका छन् ।
गएराती भएका खेलहरुमा बायर्न म्युनिख, बार्सिलोना र एएस रोमा विजयी भएका हुन् ।
जर्मन क्लव बायर्न म्युनिखले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीलाई १ ० ले हराँउदा स्पेनको बार्सीलोनाले साईप्रसको एपोईल निकोसीयालाई १ ० ले नैं पराजित गर्याे ।
गएराती इंग्लीश क्लव चेल्सीले भने जर्मनीको शाल्कासँग १ १ गोलको बराबरी खेलेको छ । ईटालीको ए एस रोमाले रुसको सि एस के ए मस्कोलाई ५ १ ले हराँउदा पोर्चुगलको एफ सी पोर्टोले बेलारुसको बाते बोरीसोभलाई ६ ० ले हराएको छ ।
गएराती नेदरल्याण्ड्सको आयाक्सले फ्रान्सको पिएस जीसँग तथा स्लोभेनियाको मारीबोरले पोर्चुगलको स्पोर्टीङ लिस्बनसँग १ १ गोलको बराबरी खेले । स्पेनको एथ्लेटिक बिल्बाओले युक्रेनको शख्तर डोनेत्स्कसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।
प्रकाशित मिति: 2014-09-18 03:12:11
प्रतिक्रिया: