प्रधानमन्त्रीको अमेरिका भ्रमणप्रति प्रतिपक्षी दलहरु आक्रोशित
Admin / 2014-09-19 07:37:02
नेपाल ब्युरो– असोज ३, काठमाडौ ।
प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको भन्दै प्रतिपक्षी दलहरुले आक्रोश व्यक्त गरेका छन् ।
संसद्को गतिरोध नखुलाई प्रधानमन्त्री अमेरिका भ्रमणमा जान लागेको भन्दै प्रतिपक्षी दलहरुले आक्रोश व्यक्त गरेका हुन् ।
प्रतिपक्षी दलहरुले रातभरि वार्ता गरेर भए पनि संसदीय गतिरोध खोलेर मात्र भोली अमेरिका जान प्रधानमन्त्रीसँग माग गरेका हुन ।
प्रधानमन्त्रीको सम्बोधनका लागि केही बेर गतिरोध खोलिदिन सत्तापक्षले राखेको प्रस्ताव पनि प्रतिपक्षी दलहरुले अस्वीकार गरेका छन् । संसदीय गतिरोध खोल्न बिहानदेखि विभिन्न तहमा चलेको वार्ताका कारण आज दिउँसो एक बजेका लागि निर्धारित बैठक पौने दुई घन्टा ढिलो सुरु भएको थियो ।
बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरुले बैठकमा अवरोध गरेका थिए । त्यसपछि सभामुख सुवासचन्द्र नेम्वाङले एकीकृत माओवादीका जनार्दन शर्मालाई बोल्न समय दिनुभएको थियो । शर्माले सरकारले सहमतिका लागि पहल नगरेको भन्दै उल्टो सहमतिमा नजाने निर्णय गरेको आरोप लगाउनुभयो ।
उहाँले प्रधानमन्त्रीलाई अमेरिका जानबाट रोकिनुपर्ने पनि बताउनुभएको थियो । सरकारले संविधान निर्माणलाई पछि धकेल्न खोजेको उहाँको दाबी थियो ।
प्रकाशित मिति: 2014-09-19 07:37:02
प्रतिक्रिया: