नेपाल समाचार

राजधानीमा रगतको अभाव


Admin / 2014-10-29 02:42:07


काठमाडौं, १२ कात्तिक । सुना गुरुङ मंगलबार विहान प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्त सञ्चार केन्द्रमा रगत लिन पुगिन् । सिकिस्त आफन्तको लागि उनले रगत पाइनन् । रक्त सञ्चार केन्द्रमा दैनिक उनीजस्ता सयौं विरामीका आफन्तहरू रगत लिन पुगेका हुन्छन् तर केन्द्रमा रगत नै छैन् । रगत लिन पुगेका विरामीका आफन्तहरू निरास भएर रित्तै हात फर्किनु पर्ने वाध्यता छ ।

दैनिक चार सय युनिट रगतको माग हुने काठमाडौं उपत्यकमा रगत नभएपछि सबैजसो अस्पतालहरूमा रगतको हाहाकार भएको छ ।

गजबको कुरा त भने हरेक वर्ष दसैंदेखि छठसम्म केन्द्रमा रगत हुँदैन् । सबै रक्तदाताहरू काठमाडौं बाहिरका हुन्छन्, त्यसैले सधैँ चाडपर्वको बेला रगतको चरम संकट हुन्छ केन्द्रको ल्याबका कर्मचारी तीर्थ पाण्डेले भने । चाडपर्वको समयमा रगत चाहिएमा विरामीका आफन्तले नै आफै व्यवस्था गर्नुपर्छ, नत्र रगत पाइँदैन् । यस्तो समस्या हरेक वर्ष हुने गर्छ तर केन्द्र प्रशासनले त्यसको विकल्पमा केही गरेको छैन् । केन्द्रमा आकस्मात यस्तो समस्या आउने गरेको होइन्, प्रशासनलाई चाडपर्वको बेला रगतको समस्या हुन्छ भन्ने थाहा छ तर पनि त्यसको वैकल्पिक बाटोको खोजीमा अहिलेसम्म पुगेको छैन् ।

पाण्डेका अनुसार चाडपर्वको बेला ८० प्रतिशत रगतको कमी हुने गरेको छ । अन्य दिनको तुलनामा २० प्रतिशत रगत मात्रै हुन्छ पाण्डेले भने ८० प्रतिशत रगतको अभाव भएपछि कसरी विरामीका आफन्तले रगत पाउँछन् ?’ समस्याको विषयमा केन्द्र प्रशासनलाई जानकारी भए पनि प्रशासनका कर्मचारीहरू मनोमानी ढंगले चाडपर्वमा महिना दिनसम्म घरमा बस्ने गरेपछि समस्या झन् बढेको हो ।

केन्द्रीय रक्त सञ्चार केन्द्रचाडपर्वमा रगत समस्या हुन्छ भन्ने थाहा छ तर कसैले विकल्पका विषयमा सोचेजस्तो देखिँदैन् पाण्डेले भने ।

तर केन्द्रका वरिष्ठ प्रकाशकीय अधिकृत जीवनतारा भट्टले भने ५० प्रतिशत रगतको कमी भएको बताए । केन्द्रले आफै रगत उत्पादन गर्दैन्, संकलन गरेको रगतले एक महिनासम्म धान्न सक्दैन भट्टले भने । अस्पताल र रक्त सञ्चार केन्द्रको समन्वयको कमीले गर्दा पनि रगतको समस्या भएको भट्टको भनाइ छ ।डक्टरले रगत चाहिँयो भन्छन् हामीले रगत दिन्छौं, हामीसँग लिएको कति रगत प्रयोग नै हुँदैन्, केन्द्रमा फिर्ता आउँदासम्म त्यो रगत विग्रिसकेको हुन्छ भट्टले भने ।

रक्तदाताको अभावले रगत संकलन कार्यमा प्रभाव पारेको भट्टको भनाइ छ । अहिले काठमाडौं, भक्तपुर र बनेपासम्म रगतको चरम संकट भएको छ । रगत संकलन कार्य सुरू भए पनि कहिलेसम्म रगतको सहज हुन्छ भन्न सक्ने अवस्था भने अझैं भइसकेको छैन् ।

कतिपय विरामीका व्यक्तिको प्रशासनका कर्मचारीसँगको सम्बन्धले रगत सहजै पाउने अवस्था पनि छ तर विरामीका आफन्तहरू केन्द्रमा घण्टौंसम्म लाइनमा बस्दा पनि रगत नपाउने अवस्था छ । पैसा तिरेर पाउनु पर्ने रगत पनि कतिपय विरामीका आफन्तले पाउँदैनन् । यस्तो दुर्भाग्य पनि छ ।

प्रकाशित मिति: 2014-10-29 02:42:07
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing