कार्यकारी प्रमुख सुवास निरौला कार्यलय प्रवेश
Admin / 2014-06-25 06:35:10
नेपाल ब्युरो–असार ११,काठमाडौ ।
नेपाल पर्यटन बोर्डका कायममुकायम कार्यकारी प्रमुख सुवास निरौलाले आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि कार्यकारी निर्देशक निरौलाले कार्यालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । कार्यालय प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै उहाँले पर्यटन प्रवद्र्धनकै लागि बोर्ड स्थापना भएको भन्दै व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
पर्यटन व्यावसायीको ५२ दिने आन्दोलनपछि निरौला आज विहान १० बजे आफ्नो करिब २ सय समर्थकसहित कार्यलय प्रवेश गर्नुभएको हो । पर्यटन मन्त्रालयले भने निरौलालाई बिदामा पठाएर बोर्डकै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापालाई निमित्तको जिम्मेवारी दिएको थियो ।
संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी) को अगुवाइमा पर्यटन व्यवसायीले पर्यटन बोर्ड र निरौलाविरुद्ध गरेको ५२ दिने लामो आन्दोलन गत सातामात्र अन्त्य भएको थियो ।
प्रकाशित मिति: 2014-06-25 06:35:10
प्रतिक्रिया: