एमालेको नयाँ नेतृत्व चयनको लागी मतगणना सुरु हुँदै
Admin / 2014-07-12 01:41:38
नेपाल ब्युरो–असार २८,काठमाडौँ ।
नेकपा एमालेको महाधिवेशनमा आगामी नेतृत्वका लागि भएको मतदानको मतगणनाको तयारी भईरहेको छ ।
निर्धारित समयभन्दा १० घण्टा ढिलो गरि सुरु भएको मतदान आज बिहान ३ बजे सम्पन्न भएको थियो । आज दिउँसो १ बजे मतगणना गर्ने सहमति भएपनि मतगणना हुने स्थलको निधो भने भइसकेको छैन । एमाले नेता प्रदीप ज्ञवालीले काठमाण्डौंको दशरथ रंगशालामा गर्ने की भन्ने छलफल भइरहेको बताउनुभयो ।
२१ सय ७४ मतदाता मध्ये २१ सय ५२ मत खसेको एमालेले जनाएको छ ।
एमालेको यो महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन हुनेछन् । ती पदहरुमा दुई प्यानलबाट २८ जनाको उमेद्वारी परेको छ ।
त्यस्तै एकसय १५ पूर्णसहित एकसय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि झण्डै साढे चारसय जनाको उमेद्वारी परेको छ । नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओलीले औपचारिकरुपमै मतपत्रमा प्यानल उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति: 2014-07-12 01:41:38
प्रतिक्रिया: