नेपाल समाचार

बिनाटेन्डर अर्बौं रुपैयाँका हतियार खरिद गर्ने निर्णय


Admin / 2014-07-23 00:56:57


काठमाडौं, ७ साउन । सरकारले बिनाटेन्डर अर्बौं रुपैयाँका हतियार खरिद गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका लागि हतियार खरिद गर्न टेन्डर नै नगरी तीनवटा मुलुकसँग कोटेसन माग्ने निर्णय गरेको हो।
खरिद निर्णय गर्दा मन्त्रीहरूबीच मतभिन्‍नता भएकाले गृह मन्त्रालयबाट पेस भएको प्रस्ताव जस्ताको तस्तै पारित हुन भने सकेन। सरकारी निर्णयमा चार थान आम्र्ड पर्सनल क्यारियर ९एपीसी० र त्यसका लागि आवश्यक हतियार तथा गोलीगठ्ठा खरिद गर्ने उल्लेख छ।
यसका लागि गृहले सुरक्षा, सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि-२०६४ को दफा १७ लाई नै संशोधन गर्ने प्रस्ताव गरेको थियो। कार्यविधिको दफा १७ मा दूतावासमार्फत मूल्य लिई खरिद गर्ने उल्लेख छ। त्यस्तै दफा ५ र १० मा सूचीमा परेका आपूर्तिकर्ताबाट आपूर्ति हुन नसक्ने कुनै सामग्री तत्काल खरिद गर्नुपर्ने भएमा सरकारी स्वामित्वमा रहेका विदेशी कम्पनी रहेको सम्बन्धित कम्तीमा तीनवटा मुलुकका दूतावासमार्फत आधिकारिक रूपमा दररेट प्रस्ताव गरी न्यूनतम मूल्यमा खरिद गर्नुपर्ने उल्लेख छ।
गृह मन्त्रालयले यसलाई संशोधन गर्दै एकपटकका लागि मात्र लागू हुनेगरी एउटा मुलुकको दूतावासबाट आधिकारिक दररेट लिएर सोझै खरिद गर्ने प्रावधान मन्त्रिपरिद् निर्णयबाट पारित गराउन खोजेको थियो।
अन्‍नपूर्णलाई प्राप्त कागजातअनुसार गृह मन्त्रालयले बोलपत्रमार्फत सम्भव नहुने र कोटेसनमार्फत हतियार उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा गराउन पनि समय अभावका कारण नसकिने तर्क गरेको छ।
प्रकाशित मिति: 2014-07-23 00:56:57
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing