शरद भेषवाकरले अमेरिकी क्लबबाट खेल्ने
Admin / 2014-08-14 09:10:22
काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर आज राति अमेरिका जाँदै छन्।अमेरिकामा उनले पन्जाब लायन्स क्लबबाट स्थानीय प्रतियोगितामा सहभागिता जनाउने छन्। शिकागो सहरमा प्रतियोगिता हुनेछ।
त्यसैगरी शरद्ले नर्थ टेक्सास लिगमा पनि खेल्ने छन्।
शरद्ले खेल्ने क्लब लोभ्केस कालियाको स्वामित्वमा रहेको भेन्चर स्पोर्टस् म्यानेजमेन्ट हो। यही कम्पनीसित पाकिस्तानका मोहम्मद सामी, सब्बिर अहमद र वेस्ट इन्डिजका मेर्भिन डिलन पनि आवद्ध छन्।
एसियाली खेलकुद अन्तर्गत क्रिकेट टिममा छनौट भएका शरद् त्यसमा सहभागी हुन एक महिनापछि नेपाल फर्कने छन्। 'बर्खाको सिजन भएकोले यहाँ ट्रेनिङ पनि हुन सकिरहेको छैन। त्यही भएर फूर्सदको समय उपयोग गर्न जान लागेको हुँ', शरद्ले बताए।
उनी आज राति नौ बजे अमेरिका तर्फ उड्दै छन्।
प्रकाशित मिति: 2014-08-14 09:10:22
प्रतिक्रिया: