अविरल बर्षाले आएको बाढी पहिरोमा परी १७ जनाको मृत्यु
Admin / 2014-08-14 09:32:16
काठमाडौं २९,साउन
दुई दिनदेखि देशभर लगातार परेको अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोमा परी १७ जनाको मृत्यु भएको छ।यसका साथै ठूलो जनधनको क्षति भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
यसक्रममा ललितपुरमा पहिरोले २ जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा करिव २० बर्षीय सोनम घलान र १८ बर्षीय ललिता घलाल रहेकी छिन् । त्यस्तै भट्टेडाँडा ३ को तनपाने भ¥ज्याङमा भलले बगाएर २५ बर्षीय दिपक लोको मृत्यु भएको छ । सिन्धुलीमा कमला नदीले ४५ बर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
मोरङमा १ बालिकासहित २ जनाको मृत्यु । मोरङको लेटाङ बस्ने ३६ बर्षीय कर्णबहादुर मगरको खोला तर्ने क्रममा र बालिकाको ठेलाको पाङ्ग्रामा सल वेरिएर मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
जाजरकोट रामीडाँडा गाविस वडा नं ९ धौलाकोटमा पहिरोले घर पुर्दा दुईजना बालकको मृत्यु भएको छ । मृत्यु हुने बालकमा ९ वर्षीय नायकवाडा–५ का प्रकाश नेपाली र रामीडाँडा गाविस वडा नं ९ का १० वर्षीय इसार नेपाली रहेका छन् । इलाममा फाकफुकेका भानुभक्त राईको मृत्यु भएको छ । ।
जाजरकोट उदयपुर र सिराहामा गरी थप ६ जनाको मृत्यु भएको छ । तराइका महोत्तरी,धनुषा,सिराहालगायत जिल्लाका बस्ती डुवानमा परेका छन् ।
त्यसैगरी बर्षाले सिन्धुलीलाई छोएको निर्माणाधीन विपी राजमार्ग,मध्यपहाडी लोकमार्ग तथा महेन्द्र रुाजमार्ग बन्द भएका छन् ।
तीन ठूला राजमार्ग अवरुद्व भएपछि सिन्धुलीलगायत अन्य स्थानबाट यी राजमार्ग भएर आउजाउ गर्ने यात्रु अलपत्रमा परेका छन् । सप्तकोसीको बढेको पानीले दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
प्रकाशित मिति: 2014-08-14 09:32:16
प्रतिक्रिया: