ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको खेल तालिका सार्वजनिक
Admin / 2014-08-22 04:46:57
नेपाल ब्युरो– भदौ ६, एजेन्सी ।
फ्लसिङ मिडोजमा हुन लागेको वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको खेल तालिका सार्वजनिक भएको छ ।
सो प्रतियोगिता सोमबारदेखि सुरु हुने भएका हो ।
प्रतियोगिताको पहिलो खेलमा विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले पहिलो चरणमा अर्जेन्टाइन खेलाडी डिएगो सवार्डचनको सामना गर्नेछन् ।
विश्व नम्बर दुई स्पेनिस खेलाडी रफाइल नदाल घाइते भएका कारण सहभागी नभएपछि दोस्रो वरीयता पाएका पूर्व विश्व नम्बर एक स्वीस खेलाडी रोजर फेडेररले पहिलो खेलमा अष्ट्रेलियन खेलाडी मारिन्को मातोसेभिकसँग खेल्ने कार्यक्रम छ ।
चौथो वरीयताका स्पेनिस खेलाडी डेभिड फेररले दामिर जुर्हुमको सामना गर्दा आठौं वरीयताका ब्रिटिस खेलाडी एन्डी मरेले डच खेलाडी रविन हाससँग खेल्ने छन । छैटौं वरीयताका चेक खेलाडी टमस बर्डिजले भने सुरुमै कडा चुनौतीको सामना गर्नुपर्ने भएको छ । टमसले पूर्व विश्व नम्बर एक अष्ट्रेलियन खेलाडी लिएटन हेविटको सामना गर्नेछन ।
महिला एकलतर्फ विश्व नम्बर एक अमेरिकन खेलाडी सेरेना विलियम्सको पहिलो भिडन्त आफ्नै राष्ट्रकी टेलर टाउनसेन्डसँग हुँदैछ । दोस्रो वरीयताकी सिमोना हालेपले डानिएल रोज कोलिन्ससँग र तेस्रो वरीयताकी चेक खेलाडी पेट्रा किटोभाको भिडन्त क्रिष्टिना लाडेनोभिक्सँग हुनेछ ।
प्रकाशित मिति: 2014-08-22 04:46:57
प्रतिक्रिया: