इबोला नियन्त्रणका लागी आइसोलेसन वार्ड स्थापनाको तयारी
Admin / 2014-08-28 02:31:33
नेपाल ब्युरो– भदौ १२, काठमाडौ । इबोला भाइरस नियन्त्रण गर्नको लागी आइसोलेसन वार्ड स्थापनाको तयारी गरिएको छ ।
सरकारले ठूला अस्पतालमा विशेष उपकरण जडित आइसोलेसन वार्ड स्थापनाको तयारी गरेको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको दुई सातामा आइसोलेसन वार्ड स्थापनाको तयारी भएको हो । दुई सयभन्दा बढी शय्या भएका अस्पतालमा त्यस्ता वार्ड बनाउन सरकारले निर्देशन दिइसकेको छ । १ भदौबाट विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको थियो ।
स्वास्थ्य सेवा विभागको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले उपत्यकाका केही अस्पतालले वार्ड स्थापना अन्तिम चरणमा र्पुयाएको र बाँकी अस्पतालले पनि तयारी गरिरहेको बताइएको छ ।
महाशाखाका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, बी एन्ड बी अस्पताल तथा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्ड स्थापनाको तयारी भइसकेको छ ।
प्रकाशित मिति: 2014-08-28 02:31:33
प्रतिक्रिया: