च्याम्पियन्स लिग फुटबलका लागी आर्सनल छानियो
Admin / 2014-08-28 03:04:29
नेपाल ब्युरो– भदौ १२, एजेन्सी ।
आर्सनल च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ ।
गय राति भएको प्ले अफमा बोसिक्टासलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनलले १७ औं सिजन च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएको हो ।
आर्सनलको जितमा पहिलो हापको अन्तिम मिनेटमा एलेक्स सान्चेजले गोल गरेका थिए । बासिर्लोनाबाट यसै सिजन लण्डन आएका सान्चेजको आर्सनलका लागि पहिलो गोल हो ।
खेलको ७५ औं मिनेटमा आर्सनल १० खेलाडीमा सिमित भयो । म्याथ्यु रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
यस्तै माल्मो, एथ्लेटिको र लिभरपुल पनि च्याम्पियन्स लिग खेल्ने भएका छन् ।
प्रकाशित मिति: 2014-08-28 03:04:29
प्रतिक्रिया: