नेपाली यु– २३ टोलीले आज बंगलादेशको सामना गर्दै
Admin / 2014-08-29 03:02:42
नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
दक्षिण कोरियामा हुँदै गरेको १७ औं एसियाली खेलकुद एसियाडको तयारीमा रहेको नेपालको यु–२३ राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशको सामना गर्दैछ ।
यु–२३ राष्ट्रिय फुटबल टोलीले आजको मैत्रीपूर्ण खेलमा बंगलादेशको सोही उमेर समूहको राष्ट्रिय टोलीसँग आज प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजे सिलेटमा हुँदैछ ।
यसअघि गत मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो । नेपाल राष्ट्रिय टिमका कप्तान सागर थापाकै नेतृत्वमा मैदानमा उत्रिए पनि खासै राम्रो प्रदर्शन गर्न सकेन । आज खेलमा सुधार गर्ने अपेक्षा गरिएको छ ।
एसियाडमा समूह ‘डी’ मा रहेको नेपालले साविक विजेता जापान, पूर्व विजेता इराक र दुई पटकको उपविजेता कुवेतको सामना गर्नेछ ।
प्रकाशित मिति: 2014-08-29 03:02:42
प्रतिक्रिया: