पहिरोले घर बगाउदा एकै परिवारका ३ जनाको मृत्यु
Admin / 2014-08-29 03:37:27
नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
पहिरोले घर बगाउदा एक घरका एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
नुवाकोटको बेलकोट गाविस वडा नम्बर १ बगुवापाखामा पहिरोले एक घर बगाउदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
आज बिहान २ बजे वर्षासगै गएको पहिरोले घर बगाउदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा २९ वर्षीया गंगा ढकाल, उनको ५ वर्षीय छोरा नविन ढकाल र २ वर्षीया छोरी गरिमा ढकाल रहेका छन् ।
उता, नुवाकोटकै विदुर नगरपालिकाको तादीदेखि बेल्कोटको अमारेसम्म पासाङल्यामु राजमार्ग अवरुद्ध बनेको छ ।
उक्त स्थानमा साना–ठूला गरी २१ ओटा पहिरो गएको प्रहरीले जनाएको छ । रसुवा र नुवाकोटबाट काठमाडौं आउने सवारी साधन अहिले बीच बाटोमै रोकिएका छन् ।
प्रकाशित मिति: 2014-08-29 03:37:27
प्रतिक्रिया: