आउँदो
सेप्टेम्बर ९ मा एप्पलको नयाँ आइफोन सार्वजनिक
हुने पक्का भएको छ ।क्यालिफोर्नियाको कपर्टिनोस्थित फि्लन्ट सेन्टरमा हुने नयाँ प्रडक्ट
लञ्च समारोहमा उपस्थित हुन एप्पलले विहिबार अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई निम्तो
पठाएको छ ।
एप्पलले
उक्त समारोहमा आइफोन सिक्स सार्वजनिक हुने औपचारिक रुपमा जानकारी नगराएको भएपनि नयाँ
प्रडक्ट भनेको आइफोन सिक्स नै रहेको ठहर गरिएको छ ।
एप्पलले
उक्त समारोहमा आफ्नो पहिलो स्मार्टवाच आइ वाच समेत सार्वजनिक गरी सबैलाई आश्चर्यमा
पार्नसक्ने कतिपयको विश्लेषण छ ।एप्पलले दुइ फरक फरक आइफोन एकैपटक सार्वजनिक गर्ने
बताइएको छ । त्यसमा एउटा ४.७ इन्च र अर्को ५.५ इन्चको रहनेछ ।
अझ आइवाच
झनै ठूलो आश्चर्य हुनेछ । आइ वाच विशेष रुपमा प्रयोगकर्ताको स्वास्थ्य तथा फिटनेसमै
केन्दि्रत रहने विश्वास गरिएको छ ।
यस अघि लिक भएको फोटोको आधारमा ९ सेप्टेम्बरमा आऐफोन ६ आउने अनुमान गरिएको थियो।
एप्पलको नयां आईफोनमा कस्ता नयां फिचर कस्तो हुनेछ।त्यो भने सेप्टेम्बर ९ मा मात्र थाहा हुनेछ।