आन्तरिक उडान गर्ने विमान कम्पनीले भाडादर बढाउने
Admin / 2014-08-31 03:19:58
नेपाल ब्युरो– भदौ १५, काठमाडौ ।
आन्तरिक उडान गर्ने विमान कम्पनीले भाडादर बढाउने भएका छन् ।
दसैँ भन्दा अगाडि सो विमान कम्पनीले भाडादर बढाउने भएको हो ।
यसअघि सरचार्ज मात्रै बढाउँदै आएका विमान कम्पनीले यसपटक सस्तो दरको भाडादर नै वृद्धि गर्ने भएका हुन् । पछिल्लोपटक विमान कम्पनीहरुले गत मार्चमा हवाई इन्धनको मूल्य वृद्धिसँगै भाडामा जोडिने इन्धनबापत लिइने शुल्क बढाएका थिए । सन् २०११ मा मन्त्रालयले परिवर्तन गरेको सीमाका कारण विमान कम्पनीले महँगो दरमा बढोत्तरी गर्न पाउँदैनन् ।
त्यति बेला भाडादरको अधिकतम सीमा तोकिएको थियो । सो समयमा सरकारसँग भएको सहमतिअनुसार विमान कम्पनीले आफूखुसी माथिल्लो सीमा बढाउन नपाउने व्यवस्था गरीएको थियो । त्यति बेला दूरीका आधारमा विमान कम्पनीहरुले पुरानो भाडादरमा १३ देखि ४८ प्रतिशतसम्म वृद्धि गरेका थिए । त्यसपछि हरेक वर्ष तल्लो सीमामा एक सय बढाउँदै आएका कम्पनीले यसपटक एकैचोटि ३ सय ५० सम्म बढाउने निर्णय गरेका हुन् ।
प्रकाशित मिति: 2014-08-31 03:19:58
प्रतिक्रिया: