लामो दूरीमा ६ सय नयाँ बस थप्ने तयारी
Admin / 2014-09-01 03:27:52
नेपाल ब्युरो– भदौ १६, काठमाडौ ।
यतायात व्यवसायीले लामो दुरीमा ६ सय नयाँ बस थप्ने तयारी गरेका छन् ।
चाडपर्व नजिकिँदै गरेको हुनाले त्यसलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा ६ सय नयाँ बस थप्ने तयारी गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं, तिहार र छठ पर्वमा अधिकांश सर्वसाधारण गृहजिल्ला जाने भएकाले यात्रु चापका आधारमा ठूला र मिनी बस थप्ने तयारी गरेको हो ।
नयाँ बस असोज १ गतेदेखि राजधानीबाट मुलुकका विभिन्न स्थानमा सञ्चालनमा ल्याइने महासंघले जानकारी दिएको छ ।
चाडपर्वको समयमा गाउँ जाने यात्रुको संख्या यसपटक विगतका वर्षको तुलनामा निकै बढी हुने अनुमान गरिएको छ ।
दसैंको समयमा दैनिक एक लाखभन्दा बढीको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने भएकाले हाल सञ्चालित बसले यात्रु चाप थेग्न सक्ने अवस्था नरहेकोले करिब दुई अर्ब रुपैयाँ लगानी गरेर नयाँ बस थप्न लागिएको बताइएको छ । सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन् ।
प्रकाशित मिति: 2014-09-01 03:27:52
प्रतिक्रिया: