पुबुदु दासानायकेले सम्झौतापत्रमा हस्ताक्षर गर्ने
Admin / 2014-09-01 05:46:27
नेपाल ब्युरो– भदौ १६, काठमाडौ ।
खेलकुद मन्त्रालयको एकवर्षे सम्झौता पाएर नेपाल फर्किएका नेपाली क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएका छन् ।
प्रशिक्षक दासानायकेले आज अपराह्न ४ बजे खेलकुद मन्त्रालयमा सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन् । हस्ताक्षर समारोहमा नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्को समेत उपस्थित रहनेछ ।
मन्त्रालयको एकवर्षे सम्झौता पाएर दासानायके नेपाल फर्किए पनि उनको सम्झौताबारे नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले आफूलाई कुनै जानकारी नभएको जनाउँदै आएको थियो ।
नयाँ सम्झौता अनुसार दासानायकेले मासिक ८ हजार डलर पारिश्रमिक पाउनेछन् । त्यसबाहेक दासानायकेको खाने र बस्ने सुविधा नेपाल सरकारले व्यहोर्नेछ ।
प्रकाशित मिति: 2014-09-01 05:46:27
प्रतिक्रिया: