एन्फा कप आजबाट शुरु हुने
Admin / 2014-09-02 03:36:04
नेपाल ब्युरो– भदौ १७, काठमाडौ ।
दशरथ रङगशालामा हुने एन्फा कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको छ ।
सो प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङदी र झापाको फुटबल क्लबले दिउँसो १ बजे खेल खेल्नेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका ६ र मोफसलका दुई गरी आठ टोलीको सहभागिता रहने छ । नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा मनाङ मस्र्याङदी क्लब, झापा फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) र थ्रीस्टार क्लब तथा समूह ‘बी’ मा सङकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लब छन् ।
त्यस्तै ‘ए’ डिभिजनमा रहेका सरस्वती युवा क्लब, फ्रेण्डस् क्लब, मच्छिन्द्र क्लब र हिमालयन शेर्पा क्लबले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । यही भदौ २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेता टोलीले पाँच लाख पाउने छन् ।
प्रकाशित मिति: 2014-09-02 03:36:04
प्रतिक्रिया: