नवौं संस्करणको नाडा अटो शो आजदेखि शुरु हुदै
Admin / 2014-09-03 03:13:24
नेपाल ब्युरो–भदौ १८, काठमाडौ ।
नेपाल अटोमोबाईल्स डिलर्स एसोसिएशनको आयोजनामा आजदेखि नवौं संस्करणको नाडा अटो शो शुरु हुँदै छ ।
नवौं संस्करणको नाडा अटो शो नेपालमा रहेका सबै किसिमका सवारीको जानकारी एकैथलोमा उपलब्ध गराउने उद्धेश्यले राजधानीको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको हो ।
मेलाको साँझ ५ बजे अर्थमन्त्री राकशरण महतले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
मेलामा विभिन्न ६३ कम्पनीका १ सय वटा स्टल राखिएका छन् ।
५ दिनसम्म चल्ने मेलामा सबै कम्पनीले आफ्नो उत्पादन प्रबद्र्धन गर्न र ग्राहकलाई आकर्षित गर्न विभिन्न छुट योजना सार्वजनिक गरेका छन् ।
उक्त मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।
प्रकाशित मिति: 2014-09-03 03:13:24
प्रतिक्रिया: