आइंएसद्धारा फेरी एक अर्का अमेरिकी पत्रकारको हत्या
Admin / 2014-09-03 04:11:31
नेपाल ब्युरो– भदौ १८, एजेन्सी ।
इराकमा इस्लामिक स्टेट आइंएस नाम गरेको आतंकबादी समूहले फेरी अर्का एक अमेरिकी पत्रकारको हत्या गरेका छन् ।
सिरियामा कार्यरत अमेरिकी पत्रकार स्टीवेन सोटलाफको हत्या गरिएको आइंएसले जारी गरेको भिडियो सन्देशमा देखाइएको छ ।
उक्त भिडियो सन्देशमा उनलाई घाँटी रेटेर हत्या गरिएको देखाइएको छ ।
सोटलाफलाइ एक नकावधारी ब्यक्तिले घुँडा टेकाएर चक्कुले घाँटी रेटेको दृश्य उक्त भिडियोमा देखाइएको छ ।
गत सन् २०१३ देखि बेपत्ता रहेका सोटलाफलाई गत महिनामात्रै इस्लामिक स्टेटले आफनो कब्जामा रहेको खुलासा गरेको थियो ।
सोटलाफ इस्लामिक स्टेटको कब्जामा रहेको जानकारी पाउने बितिकै उनका आमाले इस्लामिक नेता अबु बकर अल बगदादीले आफनो छोरा रिहा गर्न अपील गरेकी थिईन् । यता अमेरिकाले भिडियो सन्देशबारे छानबीन शुरु गरेको छ ।
प्रकाशित मिति: 2014-09-03 04:11:31
प्रतिक्रिया: