संविधान निर्माणमा अवरोध गर्ने शक्ति विलाएर जान्छ : कोइराला
Admin / 2014-09-04 08:54:40
नेपाल ब्युरो– भदौ १९, काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा अवरोध गर्ने शक्ति विलाएर जाने बताउनु भएको छ ।
उहाँले मुलुकको विकासमा अवरोध गर्ने शक्ति विलाएर जाने बताउनुभएको हो ।
आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित शान्ति तथा पुनर्निर्माण मन्त्रालय स्थापना भएदेखि सरकार र विभिन्न राजनीतिक दल र समूहबीच भएका संझौता कार्यान्वयन सिफारीश आयोगको प्रतिवेदन ग्रहण गर्दैं प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको काम समयमा पूरा गरी निर्धारित समयमा नै संविधान जारी गरिने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।
उहाँले मुुलुकले राजनीतिक,संवैधानिक र विकासको निकास एकसाथ पाउन लागेकोले नेपालको भविष्य उज्ज्वल भएको पनि बताउनु भयो ।
प्रकाशित मिति: 2014-09-04 08:54:40
प्रतिक्रिया: