शिर्ष दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीको बैठक आजपनि जारी रहेको छ ।
भावि संविधानमा राज्यको पुनरसंरचना र शासकिय स्वरुपका विषयमा सहमति खोज्न मुख्य दलका शिर्ष नेताको बैठक आजपनि जारी रहेको हो ।
सिंहदरबारमा बसिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुले छलफल गरिरहेका छन् । संविधानको मस्यौदा भदौ मसान्तसम्मा अन्तिम बनाइसक्नु पर्ने भएकाले दलहरुले मुख्य विवादित विषयमा छलफललाई तिव्रता दिएका हुन् ।
आजको बैठकमा राज्यको पुनरसंरचना र शासकिय स्वरुपका विषयमा पार्टीको धारणा र सहमतिमा पार्टीले खेल्नुपर्ने भुमिकाका विषयमा छलफल गर्ने भएका हुन् । सके सम्म सबै दलकको भावना समेटिने गरी सहमतिका लागि प्रयास थालिने नेताहरुले बताएका छन् ।