नेपाल समाचार

लेखा समितिले एन्फाको बैंक स्टेटमेन माग्यो


Admin / 2014-09-05 02:49:54


२० भदौ, काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा मनोनित सभासदसमेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापामाथि भइरहेको छानविनले राजनीतिक रंग लिन थालेको छ । लगातारको छलफलपछि पनि लेखाले एन्फामा भएको भनिएको अनियमिताबारे छलफल गर्ने बाहेक केही गर्न सकेको छैन ।

छलफल लम्बिँदै जाँदा कांग्रेसका सभासदहरु उजुरीकर्ताको पक्षमा खुलेर लागेका छन् भने राप्रपा नेपालका सभासद गणेश थापाको बचाऊमा उत्रिएका छन् । गणेश थापाविरुद्ध उजुरी दिने एन्फाका उपाध्यक्ष कर्मा छिरिङ शेर्पा कांग्रेस नेता जिपछिरिङका भाइ हुन् भने गणेश राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ हुन् ।

नेताको पारिवारिक सम्बन्धको छाँया लेखा समितिको छलफलमा देखिएको छ । कांग्रेस सभासदहरुले एन्फामा अनियमितता भएको ठोकुवा गर्दै थापालाई निलम्बन गर्नुपर्ने माग गर्न थालेका छन् । राप्रपा नेपालका सभासदहरु भने गणेश थापाको बचाउमा खुलेर लागेका छन् ।

लेखा समितिको शुक्रबारको बैठकमा कांग्रेस सभासद रामहरि खतिवडाले एन्फा अध्यक्ष गणेश थापाले लेखा समितिको अपमान गरेको आरोप लगाए । म फलानो थापाको सन्तान हुँ भनेर लेखालाई धम्क्याउने काम भएको छ उनले भने ।

एन्फाले नेपालमा जतिवटा बैंक छन्, ती सबैमा खाता खोलेको पाइएको छ । तीमध्ये कुनै बैंकमा २/३ वटासम्म खाता रहेको पाइएको भन्दै सभासद खतिवडाले यसको आम्दानीको स्रोत के हो भनी बैठकमा प्रश्न गरे ।

राष्ट्रिय खेलकुद परिषदको छानविन र लेखा परीक्षण रिपोर्टले समेत अनियमिता भएको देखाएको उनको दाबी छ । उनले भने- एन्फाले पठाएको पत्रमा नै ७२ लाख ब्याजबाट आएको रकम देखाइएको छ । त्यसको सावाँ कहाँ छ ?’

थापालाई सभासदमा मनोनित गरेकोप्रति संकेत गर्दै खतिवडाले कुनै पदमा मनोनित हुुँदैमा अनियमितालाई गम्भीर रुपमा नलिए लेखा समितिको साख गिर्ने बताए ।

तर, खतिवडापछि बोलेका राप्रपा नेपालका सभासद दिनेश श्रेष्ठले विषयवस्तुभन्दा बाहिरबाट आरोप प्रत्यारोप लागेको गुनासो पोखे । केही साथीहरु उहाँको पछि लागेको देखिन्छ श्रेष्ठले भने-अनियमिता छ भनेर ठूलो स्वरमा आरोप लगाउँदैमा समितिले भन्न मिल्दैन ।

संविधानसभामा रहेका अन्य सभासदमाथि पनि विभिन्न आरोप लगेको होला भन्दै श्रेष्ठले लेखामा छानविन भइरहेको छ भन्दैमा २६ सभासदमा किन मनोनित गरियो भनेर प्रश्न उठाउन नहुने बताए ।

अर्का सभासद भास्कर भद्राले मातहतका अन्य निकायले पनि छानविन गरिरहेको भन्दै राय बाझिन सक्ने भएकाले लेखा समितिले अहिले छानविन रोक्नु पर्ने धारणा राखे ।

सभासदहरुको आरोप प्रत्यारोप सुनेपछि समितिका सभापति जर्नादन शर्मा प्रभाकरले लेखा समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर छानविन गरिरहेको बताए । आग्रह पूर्वाग्रहका आधारमा भन्दा छानविन गरेको होइनौं उनले भने-छलफलमा उठेका तर्कहरुलाई अन्यथा नलिऔं र निर्णय नभएसम्म पनि आरोपित नगरौं ।

एन्फा अध्यक्षले आफूलाई न्याय चाहियो भनेको प्रति संकेत गर्दै उनले भने-हामीले न्याय दिन भनेको के ? भ्रष्टाचार गरेकोलाई नछाड्ने र नभएकोलाई नपार्ने हो ।

समितिले एन्फाको बैंक स्टेटमेन्ट माग गर्ने निर्णय गरेको छ । साथै आन्दानी र ब्याजको विवरण र अन्य निकायबाट आएको रकमबारे पनि हिसाब मागेको छ । एन्फाले बुझाएको आय-व्यय विवरणसहितका कागजपत्र लेखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग्ने भएको सभापति शर्माले बताए ।

प्रकाशित मिति: 2014-09-05 02:49:54
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing