एमाओवादीका जातीय तथा क्षेत्रीय संगठनद्धारा संयुक्त संघर्षको घोषणा
Admin / 2014-09-06 07:02:49
नेपाल ब्युरो– भदौ २१, काठमाडौ ।
पहिचानसहितको संघीयता र अधिकारसहितको संघीय संविधानका लागि दबाव दिन एकीकृत नेकपा माओवादी नेतृत्वको विभिन्न जातीय तथा क्षेत्रीय संगठनले संयुक्त रुपमा संघर्षका कार्यक्रमको घोषणा गरेका छन् ।
संविधान निर्माणको कार्यतालिकासँग मिल्नेगरि भदौ देखि संविधान जारी हुने कार्यतालिका माघसम्म आन्दोलन गर्ने कार्यक्रम बनाइएको हो ।
एकीकृत माओवादीको पार्टी कार्यालय, कोटेश्वरमा संयुक्त पत्रकार सम्मेलन गरि प्रतिरोध जुलुश, प्रतिरोध सभा, विभिन्न तहको बन्द हड्ताल गर्नेसम्मको आन्दोलनको घोषणा गरेको हो । एकीकृत माओवादीको जातीय तथा क्षेत्रीय संगठनको संयुक्त मोर्चा संयुक्त राष्ट्रिय मोर्चाका महासचिव गोपाल किराँतीले राम्रो संविधान आए समर्थन गर्ने र पहिचान विरोधी संविधान आए अस्वीकार गर्ने गरि संघर्षको योजना बनाएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-09-06 07:02:49
प्रतिक्रिया: