कला-मनोरन्जन

यौन इच्छा यसरी मेटाउछु : इन्दिरा


Admin / 2014-05-17 01:58:35


काठमाडौ । कति उमेरमा विवाह गर्ने रु यो सम्बन्धित व्यक्तिले नै निर्धारण गर्ने कुरा हो । किनकि विवाहबारे कानूनी बाध्यता छैन, नैतिक बाध्यता पनि छैन ।

 तर नेपाली समाजको आफ्नै मानक छ । उमेरले २० को दशक काट्न लागेपछि अनेक टिकाटिप्पणी सुरु हुन्छ । त्यसमा पनि कलाकारबारे प्रश्न नउठ्ने त कुरै भएन ।
उध्रेको चोली र रातो घाँघराजस्ता ‘हिट’ गीत दिएकी गायिका इन्दिरा जोशीलाई पनि यस्तो प्रश्न नसोधिने कुरै भएन ।

गीत गाउँदै कम्मर मर्काउने शैलीका कारण ‘नेपाली साकिरा’ उपमासमेत पाएकी इन्दिराका बुबाआमालाई पनि यस्तै चिन्ताले सताएको छ ।

 त्यसैले उनीहरुले छोरीलाई भनेका छन्, ‘लौ न, अब त बेला घर्किन लाग्यो । तिमीले खोजेको हामीलाई मञ्जुर छ ।’ कट्टर बाहुन परिवारकी इन्दिराका अविभावकको उनीसँग एउटै अपेक्षा छ– केटाचाहिं सकेसम्म बाहुन नै होस् । तैपनि इन्दिराले भने यसमा चासो देखाएकी छैनन् ।

उनी त अहिले आफ्नो कुनै ‘स्पेसल केटा साथी’ समेत नरहेको दावी गर्छिन् । ‘तर उमेरसँगै शरीरले पनि सन्तुष्टि खोज्छ नै । यौनइच्छा नै जाग्दैन त रु’ प्रश्नको जवाफमा इन्दिरा भन्छिन्, ‘म पनि मानिस हुँ । मलाई इच्छा त जागिहाल्छ नि ।’ ‘अनि कसरी पूरा गर्नुहुन्छ त इच्छा रु’ उनी भन्छिन्, ‘त्यसलाई धेरै चिजले दबाउन सक्छ के केटीमान्छेले । केटीमान्छेमा कन्ट्रोलिङ पावर धेरै हुन्छ नि ।

म पनि आफ्नो कन्ट्रोल गुमाउन चाहन्न । अझ म त बाहुन समुदायको छोरी हुँ । यहाँको संस्कार निकै कडा छ । यो समुदाय भनेको यस्तो हो, जसमा यौनलाई पनि इज्जतसँग जोडिन्छ । त्यसैले हामी बरु भित्र–भित्र सिक भएर बस्न सक्छौं । भित्र–भित्रै मर्न सक्छौं ।

तर इज्जत गुमाउन चाहदैनौं, सक्दैनौं ।’ उनको कुराले प्रश्न उठ्छ, ‘अबको पुस्ता त शिक्षित भइसक्यो, यस्ता कुरा मानेर बस्छ त रु’ तर इन्दिरा भन्छिन्, ‘हो, हामी शिक्षित त भइसक्यौं । तर पनि समाजका धेरै कुराले हामीलाई छेकेको हुन्छ । ब्राम्हण परिवारमा अझ त्यो बढी हुन्छ ।’

 त्यसो भए इन्दिरा जोशीले आफ्नो इच्छालाई कहिलेसम्म ‘कन्ट्रोल’ गरिराख्छिन् त रु ‘हेरौं, उपयुक्त साथी भेटिएला नि एकदिन ।’ उनले कुटनीतिक जवाफ दिइन् ।

प्रकाशित मिति: 2014-05-17 01:58:35
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing