सार्कको १८ औं शिखर सम्मेलनको तयारी तिब्र
Admin / 2014-09-10 04:08:49
नेपाल ब्युरो– भदौ २५, काठमाडौ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनको लागी नेपालले दुई पाटोबाट आन्तरिक तयारी तिब्ररुपमा अगाडि बढाएको छ ।
विषय वस्तुमा गरिने बहस तथा छलफल सफ्टवेयर र भौतिक पूर्वाधार तथा आतिथ्य हार्डवयर गरी दुईवटा पाटोमा सरकारले तीब्र गतिमा काम अघि बढाएको हो ।
यसअघि २०४४ कात्तिक १६–१७ मा तेस्रो तथा २०५८ पुस २०र२२ मा एघारौं शिखर सम्मेलन नेपालले आयोजना गरेको थियो । सोही शिखर सम्मेलनमा सहभागी भई अनुभव लिएकाहरु सहित पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा एक सुझाव समिति नै बनाएर परराष्ट्र मन्त्रालयले सुझाव लिइसकेको छ ।
सुझाव समितिले गत बुधबार आफ्नो प्रतिवेदन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बुझाएको थियो । आएको सुझावकै आधारमा सरकारले आफ्नो तर्फबाट तयारी गर्नेछ ।
प्रकाशित मिति: 2014-09-10 04:08:49
प्रतिक्रिया: