एउटै मितिमा फिल्म रिलिज हुने भएपछि अक्षयकुमार तनावमा
Admin / 2014-09-10 05:35:49
नेपाल ब्युरो– भदौ २५ ।
यतिबेला बलिउडका चर्चित नायक अक्षयकुमार तनावमा छन् ।
उनको दुई चलचित्र ‘बेबी’ र ‘गब्बर’ एउटै मितिमा रिलिज हुने भएपछि नायक अक्ष्यकुमार तनावमा परेका हुन् ।
यी दुई चलचित्र आउँदो जनवरी २३ मा सँगै रिलिज हुने भएको छ । नायक अक्षयकुमार यी दुई चलचित्रमा भिन्न खालको भुमिकामा देखिएका छन् । उनी चलचित्र ‘बेबी’मा एउटा इन्टिलिजेन्स अफिसरको भुमिकामा देखिनेछन् । यस्तै चलचित्र ‘गब्बर’मा भने उनलाई प्रोफेसरको भुमिकामा देखिनेछ ।
निरज पाण्डेले निर्देशन गरेको चलचित्र ‘बेबी’को नेपालमा पनि सुटिङ गरिएको छ र अर्को संजय लिला भन्सालीको प्रोडक्सन कम्पनीको व्यानरमा बनेको चलचित्र ‘गब्बर’ले सो मितिबाट नसर्ने अवस्था देखाएका छन् ।
चलचित्र ‘बेबी’का निर्माताहरुले ‘गब्बर’ले आफ्नो रिलिज मिति सार्ने आशा व्यक्त गरेको भए पनि चलचित्र ‘गब्बर’ निर्माण पक्षले आफूले फिल्मको रिलिज मिति पहिले घोषणा गरिसकेको र यदि ‘बेबी’ आउन चाहन्छ भने आफूलाई केही भन्नुु नरहेको जनाएको छ ।
प्रकाशित मिति: 2014-09-10 05:35:49
प्रतिक्रिया: