जापान समाचार

नयां आईफोन अर्को साता देखि जापानमा

भोली शुक्रबार दिउंसो ४ बजे देखि बुकिङ गर्न सकिने
Admin / 2014-09-10 22:12:13


एप्पल कम्पनिको बहुप्रतिक्षित स्मार्टफोन आईफोन ६ र आईफोन ६प्लास सेप्टम्बर १९ देखि जापानमा बिक्री हुने भएको छ। सफ्टबैंक, डोकोमो र एयुले जापानमा एप्पलको उत्पादनहरु बिक्री गर्ने गर्दछ। यि तिनै दुरसंचार कम्पनिले भोली शुक्रबारदेखि नयां आईफोनको लागि अग्रिम बुकिङ पनि खुल्ला गरेको छ।सफ्टबैंक कम्पनिले प्रयोगकर्तालाई अनलाईन पनि बुकिंङ पनि गर्न प्रदान गरेको छ।

के नयां छ सुबिधा आईफोन ६ र प्लासमा?

आईफोन ६को स्क्रिन ४.७ इन्च र प्लासको ५.५ इन्च रहेको छ। यो एप्पलको सबैभन्दा ठूलो आकारको आइफोन हुनेछ, जसलाई फ्याब्लेट' पनि भनिन्छ। प्रतिस्पर्धी सामसङ, एलजी, एचटिसी, नोकियालगायत कम्पनीले ठूलो आकारका स्मार्टफोन बजारमा ल्याएकाले आइफोनको नयाँ संस्करणमा आकार बदल्न बाध्य भएको हो।

आइफोन सिक्समा सुधारिएको नक्सा तथा स्वास्थ्य र तन्दुरुस्तीका नयाँ एप्लिकेसन राखिएको छ। आइफोन र आइप्याडका अघिल्ला संस्करणमा प्रयोग भएको नक्सा गुगल म्यापको तुलनामा कम प्रभावकारी भएको प्रयोगकर्ताले बताएका छन्। त्यस्तै, मुटुको चाल नाप्ने मोनिटरलाई इयरपोट हेडफोनमा राखेको छ। यसले रक्तचाप पनि मापन गर्न सक्ने विश्वास गरिएको छ। पहिले पिँधमा रहेको अडियो ज्याकलाई अहिले माथि सारिएको छ।

 

नयाँ आइफोनमा एक सय २८ जिबीसम्मको आन्तरिक क्षमता छ। यसअघिका संस्करणमा ६४ जिबीको मात्र आइफोन उत्पादन भएको थियो। यसमा आन्तरिक भण्डारण क्षमताको अतिरिक्त आइएसडी कार्ड पनि प्रयोग गर्न सकिनेछ।

अहिलेसम्मका आइफोनमा नभएको अर्को एउटा विशेषता आइफोन सिक्समा छ। एप्पलले यो फोनमा वायरलेस (तारबिना नै) चार्ज गर्न सक्ने प्रविधि ल्याएको छ। नयाँ आइफोनमा ए एट चिप्स प्रयोग गरिएको छ।

त्यस्तै एप्पलले नयाँ आइफोनको संस्करणमा प्रयोग गरेको अपरेटिङ सिस्टम गत जुनमा वर्ल्डवाइड डेभलपर कन्फरेन्समा सार्वजनिक गरिएको थियो। त्यसपछि विभिन्न समयमा यसको बिटा संस्करण सार्वजनिक गरिएको थियो।

आइओएस एटमा केही नयाँ विशेषता थपिएको एप्पलको आधिकारिक वेबसाइटले जनाएको छ। तत्काल प्राप्त जानकारीलाई जवाफ दिन छिटो र छोटो उपायसँगै महत्वपूर्ण इमेलका लागि जानकारी दिने व्यवस्था गरिएको छ। त्यस्तै, इमेललाई थप व्यवस्थित गर्ने सुविधा नयाँ संस्करणमा छन्।

टाइमल्याप्स' को रुपमा भिडियो खिच्न सकिने र फोटो तथा भिडियोलाई थप व्यवस्थित बनाउन सकिने विशेषता नयाँ अपरेटिङ सिस्टममा छ। त्यसबाहेक, स्वास्थ्यसँग सम्बन्धित केही नयाँ विशेषता पनि आइओएस एटमा आउने एप्पलले जनाएको छ। नयाँ आइओएसको सबैभन्दा रोचक विशेषता भने कन्टिन्युटी' हो। नयाँ अपरेटिङ सिस्टमको प्रयोग गरी एप्पलको आइफोन, आइप्याड र म्याकबुक प्रयोग गर्ने प्रयोगकर्ताले एकअर्को साधनमा रहेका इमेल, एसएमएसलगायतलाई जुनसुकै साधनमा हेर्न सक्नेछन्। त्यसैगरी, आइफोनमा आएको टेलिफोन कललाई आइप्याड वा म्याकबुकमार्फत पनि रिसिभ गर्न सक्नेछन् भने एसएमएसलाई पनि रिप्लाई गर्न सक्नेछन्।

जापानबासी नेपालीहरु माझमा आईफोन अत्यन्तै लोकप्रिय रहेको छ। 

प्रकाशित मिति: 2014-09-10 22:12:13
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing