बढी भाडा असुल्ने चालक तथा व्यवसायीमध्ये प्रहरीले ठगी मुद्धा चलाउने
Admin / 2014-09-11 03:31:28
नेपाल ब्युरो– भदौ २६, काठमाडौ ।
चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने चालक तथा व्यवसायी कारबाहिमा पर्ने भएका छन् ।
चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने चालक तथा व्यवसायीमध्ये प्रहरीले ठगी मुद्धा चलाउने भएको हो ।
आन्तरिक सूचना तथा पीडितबाट प्राप्त उजुरीका आधारमा प्रहरीले कारवाही गर्नेछ ।
यातायात व्यवस्था ऐन २०४९मा सरकारले निर्धारण गेको दरभन्दा बढी भाडा असुलेको पुष्टि भए चालक र व्यवसायीलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गराउन सकिने उल्लेख छ ।
पीडितले आफू ठगिएको व्यहोरासहित प्रहरी कार्यालय वा यातायात व्यवस्था विभागसमक्ष उजुरी दिए आरोपितबाट ठगी महलअन्तर्गत बिगो जरीवाना असुल तथा ५ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
प्रकाशित मिति: 2014-09-11 03:31:28
प्रतिक्रिया: