दशैँको टीका लगाउने साइत १० बजेर १५ मिनेटमा उत्तम
Admin / 2014-09-12 08:07:27
नेपाल ब्युरो– भदौ २७, काठमाडौ ।
यस वर्ष बिजयादशमीको टीका लगाउने साइत विहान १० बजेर १५ मिनेटको साईत उत्तम रहेको छ ।
नेपाल पञ्चाङग निर्णायक समितिले बिजयादशमीको टीका लगाउने साइत सार्वजनिक गरेको हो ।
असोज १७ गते शुक्रवार देवी विसर्जनको साइत बिहान ९ बजेर ५५ मिनेटमा रहेको छ भने टीका र प्रसाद ग्रहणका लागि बिहान १० बजेर १५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ ।
समितिका अनुसार घटस्थापनाको दिन जमरा राख्ने साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा छ । यस वर्ष महानवमी र बिजया दशमी एकै दिन असोज १७ गते परेको पञ्चाङग निर्णायक समितिले जनाएको छ । दशैंलाई नवरात्र भनिने गरे पनि यसपटक आठ रात्री मात्र परेकोे बताईएको छ ।
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष यस किसिमको योग परेको हो ।
प्रकाशित मिति: 2014-09-12 08:07:27
प्रतिक्रिया: