प्रिमियर लिगमा चेल्सीको लगातार चौथो जीत
Admin / 2014-09-14 04:29:30
नेपाल ब्युरो– भदौ २९, एजेन्सी ।
इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार चौथो जित हात पारेको छ ।
डिएगो कोस्टाको हृयाट्रिकको मदतमा चेल्सीले लगातार चौथो जित हात पारेको हो ।
गएराति भएको खेलमा चेल्सीले स्वान्सीलाई ४ गोल अन्तरल पराजित गर्न सफल भएको हो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा स्वान्सीले जोन टेरीको आत्मघाती गोलको मदतमा सुरुवाति अग्रता लिएको थियो ।
यसैगरी खेलको अन्त्यतिर नेयमारको दुई गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रा कायमै राखेको छ । गए राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २ ० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नेयमारले पाँच मिनेटभित्र दुई गोल गरेका थिए । बार्सिलोनाले गोल गर्न नसकिरहेको समयमा उनी ६३ औं मिनेटमा मुनिरको स्थानमा मैदान प्रवेश गरेका हुन् ।
खेलको ७९ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ८४ औं मिनेटमा लिओनल मेस्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै नेयमारले बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलउन सफल भएका हुन् ।
प्रकाशित मिति: 2014-09-14 04:29:30
प्रतिक्रिया: