निमन्त्रणा लिएर परराष्ट्रमन्त्री माल्दिभ्स जाँदै
Admin / 2014-09-16 02:59:19
नेपाल ब्युरो– भदौ ३१, काठमाडौ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आज माल्दिभ्स जादै हुनुहुन्छ ।
उहाँ १८ औं सार्क शिखर सम्मेलनको पहिलो औपचारिक निमन्त्रणा लिएर माल्दिभ्स जान लाग्नुभएको हो ।
आयोजक मुलुकको तर्फबाट राष्ट्र तथा सरकार प्रमुखलाई निमन्त्रणा गर्ने क्रममा सार्क अध्यक्ष रहेको मुलुक माल्दिभ्सलाई पहिलो निमन्त्रणा दिन लागिएको हो ।
प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणाँ लिएर मन्त्री पाण्डेले सार्क मुलुकहरुको भ्रमण गर्न लाग्नुभएको हो ।
उहाँ मध्याह्न साढे १२ बजे माल्दिभ्स प्रस्थान गर्दै हुनुहुन्छ । मन्त्री पाण्डेले माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनलाई भेटी निमन्त्रण्ााँपत्र दिनुहुने छ । भेटमा उहाँले सम्मेलनको थिम र बिषयगत बुँदाबारे जानकारी गराउनुहुनेछ ।
प्रकाशित मिति: 2014-09-16 02:59:19
प्रतिक्रिया: