जापान समाचार

म्याग्देली सञ्जालद्वारा टोकियोमा एनआरएनहरु सम्मानित


Admin / 2014-09-24 21:44:16


टोकियो - गत साता तातेसिनामा भएको आठौं क्षेत्रीय सम्मेलनका लागि जापान आएका एनआरएन अग्रजहरुको सम्मानमा म्याग्देली सञ्जाल जापानले टोकियोमा एक साँगीतिक रात्रीभोज कार्यक्रम सम्पन्न गरेको छ ।

म्याग्दी जिल्लाको गलेश्वरमा रहेको नेपालको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बृद्धाश्रम बनाईदिएर ठूलो राहत पुर्‍याएको भन्दै म्याग्देली सञ्जाल जापानले एनआरएन आईसीसीका अग्रजहरुलाई गत मंगलवार  सांझ एक समारोहकाबीच सम्मान गरेको हो ।

समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले गलेश्वरधाममा बृद्धाश्रम निर्माण गरिदिएर एनआरएनहरुले ज्येष्ठ नागरिकहरुप्रति सम्मान प्रकट गरेको बताउनुभयो ।यसैगरी बिशेष अतिथिको आसनबाट बोल्दै एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्टले एनआरएनले बृद्धाश्रम, विद्यालय भवन, क्रियापुत्री घर लगायतका परोपकारी कार्यमा सहयोग गर्दै आएको र गर्ने योजना रहेको बताउनुभयो ।

सो अवसरमा एनआरएन बेलायतका अध्यक्ष योगेन्द्र क्षेत्रीले गलेश्वरधाम वरिपरि रहेका बृद्धाहरुको नाजुक स्थिति र बन्दै गरेको बृद्धाश्रम भवनको अवस्था बारे जानाकारीमुलक भिडियो प्रदर्शन गर्नुभएको थियो भने गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वरधामको धार्मिक महत्वबारे प्रकाश पार्नुहुँदै आफ़्नै सन्तान तथा घरपरिवार, समाज र राज्यबाट अपहेलित बृद्धाहरुको निवास निर्माण कार्यमा सहयोग गर्न जापानबासीहरुलाई अपिल गर्नुभयो ।

म्याग्देली सञ्जाल जापानका अध्यक्ष महेन्द्र खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार छक्कू उदासीले कार्यक्रम आयोजना गरिनुको औचित्यबारे प्रकाश पार्दै स्वागत मन्तब्य दिनुभएको थियो ।

राष्ट्रियगानबाट सुरु भएको सो कार्यक्रममा सञ्जालका सल्लाहकार जोन छन्त्याल, एनआरएनका आइसीसी सदस्य कुल आचार्य (युके), सचिव संगिता मरहठ्ठा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेलगायतले बोल्नुभएको थियो ।

प्रमुख अतिथि राजदूत डा. भट्टराई र बिशेष अतिथि भवन भट्टले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरिएको उक्त कार्यक्रममा विभिन्न कलाकर्मीहरुले नृत्य तथा गीत प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा अतिथिहरुलाई म्याग्देली सञ्जालद्वारा नौमती बाजाको साथमा खादार्पण गरी सम्मान गरिएको थियो ।

कार्यक्रमको साँगीतिक चरणमा सुशिला सापकोटा र चट्टकुमारी पुनको थाली नृत्य, मनिषा खड्काको नृत्य, सूर्य खड्का र रामकृष्णबम मल्लको लोकगीत, अम्मर गुरुङ र बिमला गुरुङको आधुनिक गीत, मीरा राई, छक्कू उदासी र भद्र थापाद्वारा अभिनित वियोगान्त लघुनाटक 'लाहुरप्रस्तुत गरिएको थियो ।

कार्यक्रमको उत्तरार्धमा एनआरएन आइसीसीका सदस्य रोशन केसी  (जापान) ले कार्यक्रमको समिक्षात्मक मन्तब्य राख्दै गलेश्वरधाममा बन्न लागेको बृद्धाश्रमका लागि म्याग्देलीहरुको उत्साह र सक्रियतामा आफ़्नो पनि साथ र सहयोग रहने बताउनुभएको थियो ।

अन्तमा सञ्जालका वरिष्ठ उपाध्यक्ष महेन्द्र वानियाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो भने समापन मन्तब्य अध्यक्ष महेन्द्र खड्काले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्जालका सल्लाहकार तिलक मल्ल र सचिव खेम मल्लको रहेको थियो । 

उक्त कार्यक्रमबाट गलेश्वरधाममा थप बृद्धाश्रम भवन निर्माणका लागि करिव १५ लाख ५० हजार रुपैंया संकलन गरिएको आयोजक स्रोतबाट थाहा भएको छ ।

प्रकाशित मिति: 2014-09-24 21:44:16
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing