एथ्लेटिको म्याड्रिडले यस बर्षको स्पेनिस लिग ला
लिगाको उपाधि जितेको छ। डिफेन्डीङ च्याम्पियन बार्सिलोनालाई उसकै गृह
मैदानमा १-१ बराबरीमा रोकेर एथ्लेटिकोले ९० अंक सहित उपाधि पक्का गरेको हो। उसले
१९९६ पछि ला लिगाको उपाधि जितेको हो। बार्सिलोनाले
८७ अंक सहित दोश्रो स्थानमा रह्यो।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको
खेलमा उपाधिको लागि एथ्लेटिले बराबरी गरे पुग्थ्यो भने बार्सिलोनालाई जित आबश्यक
थियो।३३ औं मिनेटमा सन्चेजले गोलबाट खेलमा अग्रता भने घरेलु टोली बार्सिलोनाले
लिएको थियो।तर ४९औं मिनेटमा पाएको कर्नरमा डिफेन्डर डिएगो गोडिनको हेडर गोलमा
परिणत भएपछि खेल बराबरीमा पुगेको थियो। त्यसपछि खेलमा कुनै गोल भएन। खेल १-१ को
बराबरीमा सकियो।
रियल तेश्रो स्थानमा,
म्याड्रिडकै अर्को क्लब रियल म्याड्रिड गोल
भिन्नतामा १ गोलले पछि रहेपछि बार्सिलोनासंग समान ८७ अंक भए पनि तेश्रो स्थानमा
लिगको अन्त गरेको छ।