नागोया, जापान।
गल्कोट समाज जापानले नया बर्ष २०१५
को अवसरमा आयोजना गर्न लागेको नया बर्षको शुभकामना आदान प्रदान तथा सांगीतिक कायक्रमलाइ
भब्यरुपमा सम्पन गर्ने निर्णय भएको जनाएको छ।
सस्थाका उपाध्यक्ष याम खत्रीका अनुशार कार्यकम ब्यबस्थित र मर्यादित
गराउन गल्कोट समाज का सचिब सन्त खत्रीको संयोजकत्वमा ११ सदस्यीय कार्यक्रम ब्यबस्थापन
समिति गठन गरेको छ भने सस्था का अध्यक्ष हर्क थापाको सम्योजकत्वमा ९ सदस्यीय आर्थिक
समिति गठन गरेको छ । खत्रीले कार्यक्रमको मुनाफाबट गल्कोट क्षेत्रलाई एम्बुलेन्स सहयोग
गरिने जानकारी दिए ।
गल्कोट समाज जापानले डिसेम्बर ३१, जनवरी १ र जनवरी
२ मा क्रमश ओसाका, नागोया र टोकियोमा कार्यक्रम गर्ने भएको छ ।
ओसाका ३१ डिसेम्बर को ४ बजे देखि १० बजेसम्म, नागोया १ जनवरी को १२बजे
देखी ५ बजे सम्म , र टोकीयोमा २ जनवरीको २:३० बजे देखि ८ बजे सम्म
कार्यक्रम गर्ने बताइएको छ ।