थाइल्याण्डको बैंककमा अपहरणमा परेका नेपाली
युवाहरुलाई बैंकक प्रहरीको सहयोगमा सकुसल उद्धार गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय
अनुसन्धान ब्यूरो (सीआईबी) र बैंकक प्रहरीको संयुक्त टोलीले उनीहरुलाई मुक्त गराएको
हो।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका
अनुसार ८ पुसमा दुवै देशका प्रहरीले ३ जना नेपाली युवाहरुलाई अपहरण मुक्त गराएको
हो । अपहरणमा पर्नेमा प्राध्यापक कृष्ण हाछेथुका छोरा पनि रहेका छन् । हाछेथुका अनुसार
छोरालाई सकुसल उद्धार गरेको बैंकक प्रहरीले जानकारी दिएको छ । हाछेथुले भने, ‘‘घटनाको अन्य विवरण थाहा हुन सकेको छैन, त्यहाँका प्रहरी प्रमुखसँग कुरा भयो । अनि
छोरासँग पनि कुरा गर्दा ठीक छु भनेको छ ।’
अपहरणको कारण र अपहरणकारीका बारेमा खुल्न सकेको छैन । त्यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरी महानिरीक्षक
अर्यालले बताए ।