नेपाल ब्युरो–जेठ ५,काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा आज तालिकाको तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स र सातौं स्थानमा रहेको मुम्वई इन्डियसबीच खेल हुने भएको छ ।
दिउसो ४ बजे दुईबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा ११ खेलबाट १४ अंक जोडेको राजस्थान आजको खेलमा विजयी हुँदै तालिकाको दोस्रो स्थानमा उक्लिने प्रयास गर्दा मुम्वईले राजस्थानलाई रोक्ने प्रयास गर्नेछ ।
यस्तै आजको दोस्रो खेलमा तालिकाको शीर्ष स्थानमा रहेको किंग्स इलेभेन पञ्जाब र अन्तिम स्थानमा रहेको दिल्ली डियर डेभिल्सबीच बेलुका सवा ८ बजे प्रतिस्पर्धा हुँदैछ।
१० खेलवाट १६ अंक जोडेको पञ्जाब आजको खेलमा विजयी हुदै शीर्ष स्थानमा यथावत रहन खोज्दा दिल्लीले तेस्रो जितको खोजीमा हुनेछ ।