क्यानका अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
Admin / 2014-05-27 02:12:21
नेपाल ब्युरो- जेठ १३ ,काठमाडौ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
महासचिव अशोकनाथ प्याकुरेल समूहले अध्यक्ष आङबुहाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । हिजो ४२ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
क्यानको ८७ जना प्रतिनिधिमध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरे ४५ दिनभित्र साधारणसभा बोलाउनुपर्ने प्रावधान छ ।
जोहरा स्पोट्र्स म्यानेजमेन्टको व्यवस्थापनमा भएको एनपीएल क्रिकेटमा क्यानको संलग्नतालाई लिएर अशोकनाथ समूहले आङबुहाङको राजीनामा मागेका थिए ।
तर, आङबुहाङले राजीनामा नदिएपछि अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । क्यानको विधान अनुसार विशेष साधारणसभा अध्यक्षले नभइ वरिष्ठ उपाध्यक्षले बोलाउनुपर्ने हुन्छ
प्रकाशित मिति: 2014-05-27 02:12:21
प्रतिक्रिया: